Logo

सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य बनाउँदैछः गगन



काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले दण्ड जरिबानाको डर देखाएर नागरिकलाई तर्साउन खोजेको भन्दै टिप्पणी गरेका हुन् ।

यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्