Logo

सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ: थापा



काठमाडौँ, २६ मंसिर । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोध जनाएका छन् ।

उनले यो अध्यादेशको विषयमा पार्टीभित्र कुनै छलफल नभएको भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले सोमवार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ । यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्