Logo

सरकारले द्वन्द्व पीडितमाथि थप पीडा दिने गरी विधेयक ल्यायो: नेता अधिकारी



काठमाडौँ, ७ भदौ । नेकपा एमालेका नेता खगराज अधिकारीले द्वन्द्व पीडितमाथि थप पीडा दिनेगरी सरकारले विधेयक ल्याएको बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले शान्ति प्रक्रिया टुङ्गाउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ति रहेको बताए ।

उनले द्वन्दकालिन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने, हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन नहुने समेत बताए।

द्वन्दरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलंघन गरेका कुराहरु र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्याधिवक्ताले सक्ने जस्ता कुराले पीडितहरूलाइ थप पीडा दिने देखिएको उनको भनाइ छ। उनले सर्वोच्च अदालतको निर्णय, अन्तराष्ट्रिय मानवअधिकारसम्बन्धी प्रतिवद्धताहरुलाई ख्याल गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्