Logo

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ: बडू



काठमाडौँ, २७ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।

मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले सो कुरा बताएका हुन् ।

विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको सङ्कटको असर नेपालमा समेत परेको भन्दै मन्त्री बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए ।

पट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार सकारात्मक भएको भन्दै उनले पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्