Logo

सरकारले भूकम्प प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टरसहित ४१ जना स्वास्थ्यकर्मीलाई खटायो



काठमाडौँ, १८ कात्तिक । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ डाक्टरसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज बिहान टोली त्यसतर्फ गएको जानकारी दिए ।

उनका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले गएको थियो । भूकम्पमा परि घाइते तथा बेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्