Logo

सरकारले ल्याएको अध्यादेशविरुद्ध विद्यार्थीको प्रदर्शन



काठमाडौँ, ३ पुस । सरकारले काठमाडौँको डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता-कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याएपछि कानुनका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा आइतबार उनीहरूले सत्तामा पुग्न जेसुकै गर्न पनि पछि नपर्नेहरूले गैरकानुनी र असंवैधानिक रुपमा ल्याएको अध्यादेशको विरोध गरेको जनाएका छन् ।

अदालत र संसद्‍को क्षेत्राधिकारको विषयमा कार्यपालिकाको हस्तक्षेप बन्द गर्नुपर्ने उनीहरूको माग रहेको छ । प्रदर्शनमा नेशनल ल कलेज, नेपाल ल कलेज र चक्रवर्ती कलेजका विद्यार्थीहरू उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्