Logo

सरकारसँग वार्ता गर्न केवलकारविरूद्व आन्दोलनरत पक्षले बनायो समिति



झापा, २१ माघ । पाथीभरामा केवलकार राख्ने निर्णयविरूद्व आन्दोलनरत पक्षले सरकारसँग वार्ताका लागि समिति बनाएको छ ।

सरकारले वार्तामा आउन आह्वान गरेसँगै वार्ता समिति गठन गरिएको हो । आन्दोलनरत पक्षले अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य रहेका छन् । यसअघि सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्