Logo

सरकारी क्यालेण्डर ः ३६५ दिनमा १०४ दिन विदा



काठमाडौँ, ५ चैत । सरकारले सार्वजनिक गरेको २०८० सालको विदा क्यालेण्डरमा ३ सय ६५ दिनमा १ सय ४ दिन सार्वजनिक विदा परेको छ ।

क्यालेण्डरमा शनिवार ५२ दिन, पर्व २६ दिन, दिवश ६ दिन, क्षेत्रिय विदा ३ दिन, महिला विदा २ दिन, काठमाडौँका लागि जात्रा विदा ४ दिन, आंशिक विदा ३ दिनसहित ६ दिन जयन्ती विदा, हरेक प्रदेशले वार्षिक दिन पाउने ६ दिन विदा जोड्दा १ सय ४ दिन विदा हुने गर्दछ ।

पर्व विदामा दशैँ, तिहार, छैठ तथा विभिन्न जातीय पर्व रहेका छन् । सरकारले गणतन्त्र, संविधान, प्रजातन्त्र, जनयुद्ध, महिला र मजदुर दिवशमा एक एक दिन विदा दिएको छ ।

सरकारले दिने विदाका अतिरिक्त शिक्षण संस्थामा कूल ३ सय ६५ दिनमा १ सय ४९ दिन मात्र पठनपाठन हुने देखिएको छ । शिक्षण संस्थामा मौसमी विदा ४५ दिन, परीक्षा लिने समय ३० दिन, शैक्षिक शत्र सुरु र अन्त्य हुने समयको ३० दिन, स्थानीय विदा ६ दिन र शरस्वती पूजा १ दिन गरी थप १ सय १२ दिन विदा हुने देखिन्छ । १ सय ४ दिन सार्वजनिक विदा र शनिवार बोहकको शिक्षण क्षेत्रमा हुने ११२ दिन गरी शिक्षण संस्थामा २ सय १६ दिनसम्म विदा हुने देखिन्छ ।

पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरे अनुसार न्युनतम् १९२ दिन विद्यालयमा पढाई हुनु पर्दछ । परीक्षा र सार्वजनिक विदा कटाउँदा वार्षिक पढाई १ सय ४९ दिन मात्र हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्