काठमाडौँ, ६ पुस । यातायात व्यवस्था विभागले सरकारी गाडीमा फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको छ ।
आउँदो चैतदेखि इम्बोस्ड नम्बर जडान नगेरका सरकारी गाडी सडकमा देखिएमा ऐनअनुसार दुई हजार रुपैयाँ जरिबाना गरिने विभागले जनाएको छ ।
सरकारी गाडीले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक टोकराज पाण्डेले बताए ।
इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्यरूपमा कर तिरिसक्नुपर्छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक पाण्डेले बताए ।






