पोखरा, ८ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वडीआईजी छविलाल जोशीको बयान भइरहेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा जोशीको बयान सुरू भएको हो । गोर्खा मिडिया नेटवर्क प्रा.लिका तत्कालीन सञ्चालक जोशीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेर पोखरा लगेको थियो ।
जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको छ ।