काठमाडौँ, ८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गरेका छन् ।
सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज उद्घाटन गर्दै उनले राज्यको कानुनको पालना गर्ने निकायले कुनै पक्षको दवाव र प्रभावमा नगरी काम गर्न आग्रह गरेका हुन् ।
“सरकारी वकिलको कार्यालय कानुनी शासनको प्रवद्र्धन गर्ने महत्वपूर्ण निकाय हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “कुनै पनि पक्ष वा विपक्षको दवाव र प्रभावमा परेर काम गर्नुहुँदैन ।”
उनले सरकारवादी मुद्दामा अभियोजन गर्ने सरकारी वकिललाई व्यावसायिक दक्षता अभिवृद्धि गराउन जरुरी भएको र त्यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।







