Logo

सरकार अल्पमतमा परेको छैन: मुख्यमन्त्री गिरी



दाङ, २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् ।

सोमबार दाङको तुलसीपुरमा सञ्चारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै उनले आफ्नो सरकार अल्पमत परेको भन्ने कुरामा प्रदेश सभामा परीक्षण हुन बाँकी रहेको पनि बताए ।

उनले भने, ‘अल्पमतमा परेको भन्ने कुराको परीक्षण प्रदेशसभामा हुन्छ । त्यो अहिले बाँकी रहेको छ । सबै वाइयात कुराहरू हुन् । अल्पमत भन्ने कुरा प्रमाणित भएको छैन् । प्रमाणित भइसकेपछि हामीहरू एक मिनेट पनि सत्तामा रहँदैनौं ।’

यस्तै, उनले विश्वासको मत नपाएको खण्डमा मुख्यमन्त्री भइरहने सवाल नभएको पनि बताए । उनले विश्वासको मत लिने समय अझै रहेको भन्दै  त्यो समयभित्र लिने पनि प्रस्ट पारेका थिए ।

यस्तै उनले आफूहरूको दाबी अब संविधानको धारा १६८ को  (३) अनुसार जानुपर्छ, भन्ने दाबी रहेको पनि बताए । उनले भने, ‘प्रदेश प्रमुख कसरी जानुहुन्छ, भन्ने कुरा हो । तर, हाम्रो दाबी धारा १६८ को (३) अनुसार जानुपर्छ, भन्ने हो । अहिले १६८ को (२) मा बनेको यो सरकार हो ।’

प्रतिक्रिया दिनुहोस्