Logo

‘सरकार अहिलेको अवस्थामा अघि बढे देश श्रीलंकाको बाटोमा जाने’



काठमाडौँ, २१ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार थप एक वर्ष कायम रहे मुलक श्रीलंकाको बाटोमा जाने बताएका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पोखरेलले सरकार अहिलेको अवस्थामा अघि बढे अर्को एक वर्ष विदेशी मुद्राको सञ्चिती शून्य अवस्थामा पुग्ने र मुलक श्रीलंकाको बाटोमा जाने बताएका हुन् ।

मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र जनताको जीवन सहज बनाउने काममा सरकार पूर्ण रुपमा असफल भएको उनले बताए । यो सरकारको नेतृत्वमा मुलुकको अर्थतन्त्रको विकास सम्भव नरहेको उनले बताए ।

महासचिव पोखरेलले गठबन्धन मिलेर र एमाले एक्लै स्थानीय तहको चूनाव लड्दा पनि एमालेलाई जनताले अधिक साथ दिएको जिकिर गरे । उनले सत्ताको विरोध र भण्डाफोरलाई तीव्र बनाए आगामी निर्वाचनमा एमालेका पक्षमा अधिकतम जनाधार निर्माण हुने दाबी गरे ।

पोखरेलले समाजलाई बाटो देखाउने सामथ्र्यलाई परिचालन गरेर पार्टीका पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्