काठमाडौँ, २५ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् ।
आइतबार काठमाडौँमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले कसैलाई दोष नदिई कमी-कमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।
उनले तीनै तहका सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारेका थिए ।
उनले मुलुकमा कायापलट ल्याउन तीनै तहका सरकारले आ-आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।







