Logo

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले



काठमाडौँ, २१ मंसिर । कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने पर्ख र हेर को नीति अख्तियार गरिरहेको छ ।

त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । पनि एमालेले सरकार गठनका लागि कुनै पहल थालेको देखिन्न ।

प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने पक्का छ । यस हिसाबले एमाले ७८ सिटसहित दोस्रो दल बनेको छ । कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको छ ।

यी दुई दलले सरकार गठनको पहल लिनुपर्नेमा कांग्रेसले आफू नेतृत्वको सत्ता गठबन्धन र एमालेबाहेकका दलहरूलाई मिलाएर सरकार गठनको पहल गरिरहेको छ । एमालेले भने देखिनेगरी कतै कुनै पहल गरेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्