पोखरा, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गर्नुभएको छ । पक्राउपछि म्याद थपका लागि अदालत पु¥याएका बेला लामिछानेले यस्तो अपिल गर्नुभएको हो ।
उहाले भन्नुभयो, “केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । अन्यायवादी सरकारका विरुद्ध देशैभरबाट सडकमा निस्कनुपर्छ । झुटा मुद्दामा फसाउने योजना छ । यो सरकार नढलेसम्म यस्तै हर्कत गरिरहन्छ । सबैले सडकबाटै दबाब दिन जरुरी भइसकेको छ ।”