Logo

सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ: गृहमन्त्री



काठमाडौँ, २ असोज । गृहमन्त्री बालकृष्ण खाणले सरकार आमनागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम’मा उनले सरकारको प्रमुख लक्ष्य नागरिकको रक्षा भएको बताएका हुन् ।

“मानिसको जीवन ज्यादै महत्वपूर्ण छ, नागरिकको रक्षाका लागि समाज र राज्यको निर्माण भएको हो, सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध छ”, उनले भने ।

गृहमन्त्री खाणले कोही व्यक्तिले आत्महत्याको बाटो रोज्न नहुने बताउँदै भने, “हरेक व्यक्तिले आफ्नो जीवन, परिवार, इष्टमित्र, छरछिमेकको जीवन रक्षाका लागि लागौँ, कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस्, ।” उनले सीमित स्रोतसाधनका बीच नेपाल प्रहरीले जनधनको रक्षा र शान्ति क्षेत्रका लागि गरेको कामको सराहना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्