Logo

सरकार बनाउन बनेको गठबन्धन चुनाबका लागि काम नलाग्ने: गुरूङ



काठमाडौँ, ४ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सरकार बनाउन बनेको गठबन्धन चुनाबका लागि काम नलाग्ने बताएका छन् । उनले सरकार बनाउने प्रयोजन र आउँदो चुनाव फरक–फरक विषय भएको भन्दै यस्ता कुरा नेताहरूले गहिरोसँग बुझ्न जरूरी रहेको बताए ।

सत्तारूढ पाँचदलीय गठबन्धनलाई ०७९ वैशाख ३० मा हुने स्थानीय तह र त्यसपछिका प्रदेश तथा संघका चुनावमा पनि सँगसँगै लैजानुपर्ने वा लैजान नहुने सत्तारुढ काग्रेंस भित्र बिबाद बढिरहेका बेला गुरुङले सरकार बनाउनु र चुनाव लड्नु फरक विषय भएको बताएका हुन् ।

गुरुङले भने ‘सरकार भनेको गठबन्धनबाट बनेको हो। सरकार एउटा पक्ष र चुनाव अर्को पक्ष हो यो कुरा सबै पार्टीका नेताहरूले गम्भीर भएर बुझ्न आवश्यक छ।’

उनले गठबन्धन गर्दा फाइदा हुन्छ भन्ने मानसिकताले केही दलका नेताहरूले हिसाबकिताब गर्ने गरेको आरोप लगाए । ‘कांग्रेसलाई तत्काल फाइदा हुन्छ त्यसकारण गठबन्धन भन्ने होइन, हार र जित त भइरहन्छ। संविधानसभा निर्वाचनमा पनि कांग्रेस हार्छ भन्ने थाहा हुँदाहुँदै चुनाव गरिएको हो, कांग्रेसले मुलुकको हितहेर्नुपर्छ ।’

गठबन्धन गरेर चुनाव लड्ने वा एक्लै चुनाव लड्ने भन्नेमा काग्रेंस बिभाजित छ । कांग्रेसका सभापति देउवा गठबन्धन गरेर जान सकिने पक्षमा छन् भने उपसभापति गुरूङलगायत नेता शेखर कोइराला पक्षका नेताहरू गठबन्धनका विपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्