Logo

सरकार मङ्सिर ४ गते निर्वाचन गर्ने तयारीमा



काठमाडौँ, १४ साउन । सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो ।

मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सरकारले तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक मन्त्रीले भने, गठबन्धनका शीर्ष नेताहरूले केही दिन पर्खन आग्रह गरेका छन्, अब अर्को सातासम्म मिति घोषणा भइसक्छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मङ्सिर ४ गते हुने बताउँदै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि केही दिनभित्रै मिति घोषणा हुने बताए । आगामी मङ्सिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको छ,ु नेपाल प्रेस युनियनको नयाँ कार्यक्रम समितिको पद हस्तान्तरण कार्यक्रममा प्रवक्ता महतले भने, सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्नेछ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्