Logo

सरकार र शिक्षकबीच ९ बुँदे सहमति, सरकारलाई ८ अर्ब दायित्व थपिने



काठमाडौं, १७ वैशाख । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ। शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज भएको वार्तामा उक्त सहमति भएको हो।

सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलन मार्फत निर्णयहरू सार्वजनिक गर्नुभएको हो। शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब दायित्व थपिएको शिक्षामन्त्री पन्तले जानकारी दिनुभयो।

आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि भोलिबाट विद्यार्थी भर्ना सुरु हुने मन्त्री पन्तले जानकारी दिनुभयो।

शिक्षकका मागहरुलाई पहिलो चरण र दोस्रो चरणमा गरी सम्बोधन गरिने छ। पहिलो चरणमा सम्बोधन गर्ने मागहरुलाई मन्त्रिपरिषद बैठकबाट निर्णय गरिएको थियो।

योसँगै शिक्षकहरुले जारी आन्दोलन स्थगन गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्