Logo

सरकार वास्तविक मिटरब्याजी हो: शाही



काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै शाहीले सरकारले अहिलेसम्म चालू खर्च ५१ दशमलब ४६ प्रतिशत, पूँजिगत खर्च २२ दशमलब १५ र व्यवस्थापन खर्च ३७ दशमलब ४१ प्रतिशत मात्रै गरेको बताए ।

‘असारमा मात्रै खर्च गर्ने, सरकारले अझै ७८ प्रतिशत पूँजिगत खर्च गर्न बाँकी छ । भएभरको पैसा बैंकमा राख्ने र ब्याज खाने?’ शाहीले भने,‘यसले गर्दा वास्तविक मिटरब्याजी कोही छ भने सरकार हो ।’

सरकारी पैसा ढुकुटीमा राखेर विकास निर्माणका काम ठप्प पारिएको उनको जिकिर छ ।

‘यसरी बैंकमा पैसा राखेर जनतालाई अलमल पार्ने काम नगरियोस् । कर्मचारीले तलब खान पाएका छैनन् । निर्माण व्यवसायीले पैसा पाएका छैनन् ।’ शाहीले भने ‘संसद नियमावली बमोजिम सम्बन्धित मन्त्रीबाट जवाफ चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्