Logo

सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको छ: शर्मा



काठमाडौँ, २४ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको दाबी गरेकी छन् ।

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसदमा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्बद्ध पक्षलाई आग्रह गरेकी हुन्  ।

काठमाडौँको भृकुटीमण्डपमा मङ्गलवारदेखि सुरु भएको ‘सूचना प्रविधि मेला’ को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गरिन । उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढङ्गले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेकोसमेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्