Logo

सर्पले डसेर मेचीनगरमा महिला स्वयंसेविकाको मृत्यु



झापा, १३ साउन । मेचीनगरमा विषालु सर्पको डसाईबाट स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.११ की रुपा मैनाली रहेकी छिन् ।

उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएपछि उपचारको लागि चारआलीस्थित सर्पदंश लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि बिर्तामोड लैजादै गर्दा बाटोमा नै ज्यान गएको हो ।

मैनाली धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर-११ मा सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस्