काठमाडौँ, २ भदौ । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक सरेको छ । आज बिहान ९ बजेका तय गरिएको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले जारी दिए ।
“सत्ता गठबन्धनको बैठक र शीर्ष नेताहरूको व्यस्तताका कारण बैठक सारिएको हो,” उनले भने । बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्नेछ ।
आजको बैठकबाट पार्टीका कमिटीहरूलाई पूर्णता दिने तयारी छ । यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।






