Logo

सर्राफको हत्या आरोपमा ६ जना पक्राउ



बारा, १४ कात्तिक । बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रधानाध्यापक रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म छ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यो घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । अहिले १० जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमवार दिउँसो मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका सराफमाथि गोली प्रहार गरेका थिए ।

गोली लागेर घाइते भएका सर्राफको उपचारका क्रममा वीरगञ्जको बयोधा अस्पतालमा ज्यान गएको थियो । प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्