Logo

सर्लाहीको बरहथवामा पुन: मतदान



सर्लाही, ३ जेष्ठ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ श्रीपुरमा आज पुनः मतदान सुरु भएको छ ।

निर्वाचन आयोगको निर्णय अनुसार आज बिहान ७ बजेबाट वडा नम्बर १७ को आधारभूत विद्यालय परोरिया टोलको मतदान स्थल अन्तर्गत पर्ने दुई वटा मतदान केन्द्रमा मतदान सुरु भएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

त्यहाँ रहेको दुई वटा मतदान केन्द्रमा एक हजार ९ सय ५४ मतदाता रहेका छन् । त्यस मतदान केन्द्रमा गएको शुक्रबार ३ सय ७२ मत मात्र खसेको थियो ।

मतदान भइरहेको बेला जनता समाजवादी पार्टीले मतदातालाई कब्जा गरेर एकलौटी मत हाल्न खोजेको अन्य पार्टीले आरोप लगाएका छन् । त्यहाँ कडा सुरक्षाकाबीच मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्