काठमाडौँ, २२ पुस । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशपतिशम्शेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
संसद्को पहिलो बैठकका लागि एजेण्डा तय गर्न ज्येष्ठ सदस्य जबराले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक केहीबेर अघि सुरु भएको हो ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरू तथथा स्वतन्त्र सांसदहरू समेतलाई बोलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।







