Logo

सर्वोच्चका प्रस्तावित न्यायाधीश पौडेल र ढुङ्गानाको आज सुनुवाइ हुँदै



काठमाडौँ, १ पुस । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको आज बिहान ११ बजे बस्ने सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाई हुने भएको छ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ भइसकेको छ । प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० वटा उजुरी परेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्