
काठमाडौँ, १९ वैशाख । नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)नियुक्ति गर्ने निर्णय बदरको मागसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
एआईजी पोखरेलले आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई सरकारले विधि मिचेर बढुवा गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गरेका छन् ।
पोखरेलको रिट दर्ता भएर बुधवारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
मन्त्रिपरिषद्को हिजोको बैठकले एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।







