काठमाडौं, १६ चैत । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै हालिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेसँगै लेखक तत्काल रिहा हुने सम्भावना कमजोर भएको छ।
पत्नी यशोदाले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाऊ आदेश मात्रै आएसँगै लेखक काठमाडौं जिल्ला आदालतको आइतबारको आदेशअनुसार अब पाँच दिन हिरासतमा रहनेछन ।
लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।






