काठमाडौँ, २४ पुस । सर्वोच्च बार एसोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको चुनावमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् ।
उनी दुई सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धी प्रगतिशीलका वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन् । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी भएकी छन् ।
त्यसैगरी सदस्यहरूमा लोकतान्त्रिकबाट उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी भएका छन् भने प्रगतिशीलबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेल विजयी भएका हुन् ।
पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि चुनाव भएको थियो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।






