Logo

सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट



काठमाडौँ, २५ फागुन । सर्वोत्तम सिमेन्टको आइपिओ आज बाँडफाँट भएको छ ।

कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

उक्त बाँडफाँटमा गोलाप्रथामार्फत् ५५ हजार ५२१ जनाले सेयर पाएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।

कम्पनीको आइपिओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकोमा १ हजार ३४२ जनाको आवेदन रद्द भएको छ । रीतपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । बुक बिल्डिङ प्रक्रियाबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रूपैयाँमा आइपिओ जारी भएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्