Logo

सलमान रुस्दीको स्वास्थ्यमा केही सुधार



अमेरिका, २९ साउन । अमेरिकाको न्युयोर्कमा भएको आक्रमणबाट गम्भीर घाइते भएका लेखक सलमान रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।

उनको स्वास्थ्यमा केही सुधार देखिएको र भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका सहयोगी एन्ड्रयु वाइलीले पुष्टि गरेका छन् । उनी बोल्न सक्ने अवस्थामा छन् । तर अरु थप विवरण दिइएको छैन ।

७५ वर्षका रुस्दीमाथि न्युयोर्कमा भइरहेको एक साहित्यिक कार्यक्रममा शुक्रवार छुरा प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्