Logo

सल्यानको सल्लाममा पहिरो: चार घर पुरिए



सल्यान, २१ असोज । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर-५ सल्लाममा पहिरोले चार घर पुरिएका छन् ।

पहिरोले स्थानीय देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको हो ।

जिल्लाका प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक दामोदर केसीले कपुरकोटमा पहिरोले घर पुरेको खबर आए लगतै घटनास्थलमा कपुरकोटबाट प्रहरी टोली खटाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्