Logo

सल्यानमा जीप दुर्घटना: आठ जनाको मृत्यु



सल्यान, १२ असोज । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्