सल्यान, ११ वैशाख । सल्यानको बागचौर नगरपालिका–६ सिमखोलास्थित सडकमा जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् ।
दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । घाइते भएका परिचालक सल्यान छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्रबहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।
सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।