Logo

सल्यानमा दुई नाबालिका घरमै मृत भेटिए, सँगैरहेकी आमामाथि आशंका



सल्यान, २४ पुस । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दुई बालिकाको शंकास्पद मृत्यु भएको छ। मृत भेटिएका बालिकाहरू दिदीबहिनी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार मृत्यु हुनेमा टेकमान राना र पूर्णिमा रानाका ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी राघवी रहेका छन् ।

मृतक दुवै बालिकाको घाँटीमा शंकास्पद निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । आमा पूर्णिमालाई सोधपुछ गर्दा केही नबोलेको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।
उहाका अनुसार घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको छ । मृतक बालिकाका बुवा रोजगारीका लागि जिल्ला बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्