सुनसरी, १५ असार । सुनसरीको रामधुनी नगरपालिका चतरा-कान्छी चौक सडक खण्डमा भएको भएको दुर्घटनामा बाबुछोरा सहित ३ जनाको मृत्यु भएको छ ।
दुर्घाटनमा परि अरू दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गएराती कान्छी चौकबाट कालाबन्जार तर्फ जाँदै गरेको को ३३ प ९६०५ नं को मोटरसाइकल र बपिरति दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६ प ५८६४ नं को अर्को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बाबुछोरा सहित ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रदेश १-०२-०५६ प ५८६४ नं को मोटरसाइकल चालक रामधुनी ६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र को ३३ प ९६०५ नं को मोटरसाइकल चालक इनरुवा ६ का ५१ वर्षीय बिन्दु यादव रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा मृतक ३४ वर्षीय चौधरीको श्रीमती ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्को मोटरसाइकल पछाडि सवार इटहरी ७ का ३६ वर्षीय रमेश चौधरी घाइते भएका छन् ।
उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।