Logo

सवा ४ कराेड र ९ किलाेभन्दा बढी सुनका गहनासहित वृद्ध पक्राउ



काठमाडौं, १८ भदौ । स्रोत नखुलेको ४ करोड २६ लाख ४० हजार ५ सय रुपैयाँ र ९ किलोग्राम भन्दा बढी सुनका गरगहना र ३ किलोभन्दा बढी चाँदीसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसीस्थित एक घरबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका ६ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसी बस्ने घरधनी वर्ष ७७ को विनोद कुमार श्रेष्ठ रहेका छन् । उनलाई थप अनुसन्धानको लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

श्रेष्ठकै घरबाट उक्त रकम र सुनचाँदीका गरगहना भेटिएको प्रहरीले जनाएको छ ।

नयाँबजारस्थित श्रेष्ठका छोरा राज कुमार श्रेष्ठले सनम खड्गीको घरमा लिएको भाडाको कोठाबाट पनि केही रकम र गरगहना भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्