Logo

सशस्त्र द्वन्द्वमा जागिर छोडेका शिक्षकहरूको १८ वर्षपछि पुनर्बहाली



काठमाडौँ, १३ भदौ । माओवादी सशस्त्र द्वन्द्व कालमा जागिर गुमाएका र छोडेका १३१ जना स्थायी शिक्षकहरू १८ वर्षपछि पुनर्बहाली भएका छन् ।

शिक्षा मन्त्रालयका अनुसार माओवादी सशस्त्र द्वन्द्वका कारण ‘जागिर छाड्न बाध्य भएका वा जागिर गुमाएका’ शिक्षकहरूलाई सरकारले गठन गरेको जाँचबुझ समितिको सिफारिस र सर्वोच्च अदालतको आदेशका आधारमा पुनर्नियुक्ति दिइएको हो ।

यसअघि माओवादी नेतृत्वमा बनेको सरकारले आफ्नो दलको नेतृत्वमा एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा हटाइएका शिक्षकहरूको पुनर्नियुक्तिका लागि पहल सुरु गरेको थियो । यसरी पुनर्नियुक्ति पाउनेमा राज्य पक्ष वा विद्रोही माओवादी पक्षबाट रोजगारीबाट विस्थापित भएका शिक्षकहरू रहेको शिक्षा मन्त्रालयको दाबी छ ।

माओवादी द्वन्द्व कालमा कतिपय शिक्षकहरू पेसा छोडेर माओवादीमा आबद्ध भएका थिए भने कतिपय माओवादी वा राज्य पक्षको त्रासका कारण विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्