काठमाडौँ, ३१ असार । सहकारी पीडितहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
विरोधका लागि विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौँ आएका हुन् ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले १९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई सिंहदरबारमा राखिएको सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिकी अध्यक्ष सुनितासिंह राजभण्डारीले जानकारी दिइन् । सहकारी पीडितले बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा ताला लगाएका थिए ।
उनीहरु गएको जेठ २० गतेदेखि नै माइतीघर मण्डलामा धर्ना बस्दै आएका छन् ।





