
विराटनगर, ३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले आफ्नो जिम्मेवारी बोध गरी सहमतिको आधारमा प्रदेशको नाम राख्न आग्रह गरेका छन् ।
उनले साउन २० गतेभित्र प्रदेशको नामकरण हुने विश्वास व्यक्त गरेका हुन् । किरात राई यायोक्खाद्वारा आज आयोजित अनुसन्धानमूलक प्राज्ञिक पुस्तक ‘किरात सभ्यता’को लोकार्पण गर्दै यो सबैभन्दा परानो सभ्यता भएकाले यसको आधारमा प्रदेशको नाम किरात राख्नुपर्ने धारणा राखेका छन् ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि यही साउन ६ गते सर्वदलीय बैठकको आयोजना गरी सहजीकरण गर्ने बताए । उनले दलहरुले देश र जनताका लागि दलीय स्वार्थभन्दा माथि उठी नामकरणमा सहमति कायम गर्नुपर्नेमा जोड दिए ।







