Logo

सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ: कांग्रेस



काठमाडौँ, २० भदौ । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बुधबार पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

‘कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आज दिउँसो रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा राजावादी नारा लगाउने एक व्यक्तिको आक्रमण पछि उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्