झापा, पुष १६ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेको उप एकाई साधारण सभा अन्तर्गत विर्तामोड सेवा केन्द्रको दोस्रो दिनको कार्यक्रम आज सम्पन्न भएको छ ।
सभामा संस्थाको वार्षिक आय-ब्यय तथा शेयर सदस्यलाई प्रदान गर्दै आएको सेवा सम्बन्धी बिषयमा दस्तावेजमा उल्लेख प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्थाका कोषाध्यक्ष डम्बरबहादुर देवजाले नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो ।
उप समिति विर्तामोडका संयोजक कृष्ण बहादुर थापाको अध्यक्षतामा आयोजीत कार्यक्रममा स्वागत रमेश अग्रवालले गर्नुभएको थियो ।
।
संचालक समिति सदस्य शंकर प्रसाद रिजालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सोमलाल लिम्बुले लेखा परीक्षण प्रतिवेदन वाचन गर्नुभएको थियो ।
क्षेत्रीय सदस्य दिलिप शर्मा, पत्रकार महासंघ झापाका पुर्वउपाध्यक्ष केशव भट्टराईले संस्थाको प्रगतीको अवस्थाको अधारमा देशकै उत्कृष्ट रुपमा सदस्यलाई सेवा प्रदान गरेको भन्दै आगमी दिनमा थप सुबिधाका लागि शेयर सदस्य आफै सकृय बन्नुपर्नेमा जोड दिनुभएको थियो ।
आजको उप इकाई भेलाबाट ३ जना अन्तिम माइनुट प्रतिबेदन प्रमाणित गर्न र १७ जना आजको प्रतिबेदन प्रतिनिधि सर्बसहमत छनोट गरिएको छ ।
कुल ८१ वटा सेवाकेन्द्रमा ८६ वटा उप एकाई गरी कार्यक्रम सम्पन्न हुने अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिनुभयो । विर्तामोड सेवा केन्द्रमा चार वटा उपएकाई साधारण सभा संचालन हुुने उपसमिति सदस्य हिमा प्रसाईले जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन विर्तामोड सेवाकेन्द्र प्रमुख सागर ओझाले गर्नु भएको थियो ।