Logo

सहिद पाण्डेलाई श्रद्धाञ्जली दिएर प्रचार अभियान शुरु



कनकाई, १४ वैशाख । नेकपा (एमाले) कनकाईले सहिद लक्ष्मी पाण्डेको शालिकमा माल्यार्पण गरी सहिदहरूलाई श्रद्धाञ्जली दिएर चुनाव प्रचारप्रसार अभियान विधिवत उद्घाटन गरेको छ ।

बुधबार बिहान सहिद पाण्डेको शालिक परिसरमा एक औपचारिक कार्यक्रम आयोजना गरी स्थानीय चुनावको प्रचारप्रसार शुरु गरेको हो । नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईले सहिदको शालिकअघि उभिएर देश र जनताको हित गर्ने र जनतालाई विश्वासघात नगर्ने प्रण गरेर चुनाव प्रचारको विधिवत शुरुवात गर्नु फगत औपचारिकता मात्र नभएर अर्थपूर्ण पनि रहेको बताए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष प्रसाई, कनकाई नगर इञ्चार्ज रवीन्द्र लम्साल, नगर प्रमुखका उम्मेदवार राजेन्द्रकुमार पोखरेल, उपप्रमुखका उम्मेदवार मञ्जु प्रसाई, वार्ड अध्यक्ष उम्मेदवारहरू वडा नं. १ का सुशीलकुमार पोखरेल, वडा नं.२ का बलराम राई (प्रताप), वडा नं.३ का युवराज चम्लागाई, वडा नं.४ का रोशन सुवेदी, वडा नं. ५ का कृष्णबहादुर राई, वडा नं. ६ का दीर्घबहादुर थापा, वडा नं.७ का प्रकाश शिवाकोटी र जिल्लास्तरीय पार्टी नेताको उपस्थिति रहेको वार्ड नं. ३ बाट वार्ड सदस्यका उम्मेदवार एवम् एमाले युवा नेता गोविन्द सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्