Logo

सांसदको तलब आँखा अस्पताललाई सहयोग



मकवानपुर, साउन २३ गते । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले आफ्नो एक वर्षको तलबमा थप गरी हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।

सांसद सिंहले हिजोअस्पतालमा आयोजित कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दुक रुइतलाई ९ लाख ९९ हजार ९९ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । सांसद सिंहले आफूले पाउने एक वर्षको ६ लाख १२ हजार तलबमा ३ लाख ८७ हजार थप गरी अस्पताललाई प्रदान गर्नुभएको हो ।

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर रुइतले सांसद सिंहबाट प्राप्त रकम सीमान्तकृत जनतामा पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालमा दैनिक ३ देखि ४ सय बिरामी आउने गरेको अस्पतालका प्रमुख सुनिल थकालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्