Logo

सांसदको शपथ नगराइ सरकार गठन गर्नु उल्टो बाटो: प्रचण्ड



काठमाडौँ, ३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरूको शपथ ग्रहणअघि नै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् ।

आइतवार पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

निर्वाचित सांसदहरूको शपथ ग्रहणविना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै उनले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष प्रचण्डले सांसदहरूको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै त्यसो गर्नु गलत हुने दाबी गरेका थिए ।

उनले भने, सांसदहरूको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने नजिर जस्तो बन्न गएको छ । यो सही होइन । सामान्यतया निर्वाचन आयोगले राष्टपति कहाँ र राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा निर्वाचित सांसदहरूको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहण गराइ सकेपछि सबै पार्टीका संसदीय दलको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरूको शपथ ग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्