Logo

सांसदद्वय आले र राईले लिए शपथ



काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाका दुई नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथ ग्रहण गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका आलेको आमाको निधन भएकाले शपथ लिन पाएका थिएनन् भने कांग्रेसबाट समानुपातिक सांसद बनेकी राई सुत्केरी भएपछि शपथ लिन पाएकी थिइनन् ।

सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्