Logo

सांसद गौतमले गरे मौन उभिएर विरोध



काठमाडौँ, १६ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा मौन उभिएर विरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि समय दिएका थिए । आफ्नो पालो आएपछि उभिएका सांसद गौतमले केही नबोली उभिएका हुन् ।

सांसद गौतमले मौन उभिएर विरोध जनाएपछि प्रतिपक्षी सांसदहरूले ढ्याप-ढ्याप गरेर उनको विरोधमा समर्थन जनाएका थिए ।

सांसद गौतम आफ्नो आसनमा उभिएर मौन रहेपछि सभामुख घिमिरेले दोहोर्‍याएर उनलाई बोल्न समय दिइएको भन्दै स्मरण गराएका थिए । तर गौतम बोलेनन् ।

शून्य समयमा पाएको एक मिनेटमा गौतम नबोलेपछि सभामुखले अर्का सांसदलाई बोल्न पालो दिए ।

प्रतिक्रिया दिनुहोस्