Logo

‘सांसद चुनिएको भोलिपल्टै संसदीय दलको निर्वाचनको तयारी थाल्छु’



काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद चुनिएको भोलिपल्ट सासदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन् ।

आज काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारसँग कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रहसमेत गरेका हुन् ।

उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए । उनले नेपाली कांग्रेस बाहेक अरू कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने जिकिर गरेका थिए ।

उनले ड्राइभिङ सिटमा बसेर कठिनाईलाई पार गर्ने आफ्नो प्रमुख चुनौती रहेको स्पष्ट पारे । महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरू शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरेका छन् ।।

उनी काठमाडौँ-४ को उम्मेदवार हुन् । उनीसँग एमालेका राजन भट्टराई प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्